काठमाडौं / काठमाडौंको बानेश्वरस्थित नोबेल एकेडेमीका एक जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको बालकोट बस्ने ३० वर्षीय सरोज भट्टराई छन् । भट्टराईले कक्षा १० मा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

 पीडित छात्राहरू अहिले सामूहिक रुपमा शिक्षकविरुद्ध उजुरी दिन प्रहरी कार्यालयमा पुगेका छन् । विद्यार्थीहरूले सोमबार बिहानैदेखि आरोपित शिक्षकलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए । कलेज प्रशासनले दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई निलम्बन गरी छानबिनका लागि प्रहरीलाई सघाउने जनाएको छ । 

OM Sai Pathibhara Hospital

आरोपित शिक्षकले छात्राहरूलाई अश्लील म्यासेज र तस्बिर पठाउने गरेको आन्दोलित विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् । शिक्षक सरोज भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले  जनाएको छ ।