बिर्तामोड / विराटनगर महानगरपालिका -१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका -३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।