बिर्तामोड /  झापाको दमक नगरपालिकाले वडा नम्बर –४ का भूमिहीन दलित, सुकुम्बासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको छ ।

स्थानीय दाहाल प्रतिष्ठानको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गर्ने उद्देश्यले निस्सा वितरण गरेका हुन् ।

OM Sai Pathibhara Hospital

भूमिहीनहरूलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले नगर भित्र सबै भूमिहीन दलित, सुकुम्बासीहरुलाई जग्गा धनीको प्रमाण पुर्जा वितरण गर्ने बताए । अब केहिदिनमै धनीपुर्जा समेत उपलब्ध गराइने उनको भनाई छ । 

भूमिहीनलाई जग्गाको मालिक बनाउन स्थानीय सरकारले उच्च प्राथमिकता दिएको बताउँदै उनले भने, ‘धनीपुर्जा उपलब्ध गराउने काममा अहिले निस्सा वितरण गरिएको र अब केहिदिनमै धनीपुर्जा समेत उपलब्ध गराइने छ ।’

त्यस्तै उप प्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सधैँका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरू लागि परेको बताइन्प्राविधिक कामले केही ढिलाई भए पनि आगामी संघीय निर्वाचन अघिनै धनीपुर्जा उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको उनको भनाई छ । 

कार्यक्रममा र राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनीपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

वडा भित्र हालसम्म दर्ता रहेका ४५० भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको छ । यसअघि भूमी आयोगको सहयोगमा नगरपालिकाले वडा नम्बर –१० का भूमिहीनहरूलाई पनि धनीपुर्जाको निस्सा वितरण गरेको थियो ।