बिर्तामोड / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित भएका छन् । महासङ्घको सातौँ अधिवेशनको बन्दसत्रबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा केवलराम राई, रोहित खवास र लीला मगर सर्वसम्मत निर्वाचित भएका छन् । सचिव र दुई सहसचिव पदका लागि भने मतदान भएको थियो।
सचिवमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । लक्ष्मण श्रेष्ठले १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ओमप्रकाश खापुङले मात्र ८ मत पाएका थिए ।
त्यस्तै सह–सचिवमा अनिता राजवंशी, कृष्ण माझी र दिलिप उराव निर्वाचित भएका छन् । अनिता राजवंशी सर्वसम्मत भएकी थिइन् भने प्रतिष्पर्धामा बुद्धिराम सुनुवार भने पराजित भएका छन् ।
महासङ्घमा जिल्ला भरीका २१ वटा जातीय संस्थाहरू आवद्ध रहेका छन् ।