काठमाडौं  / काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो ।

OM Sai Pathibhara Hospital

त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको हो ।

‘अन्डरग्राउण्ड’ पार्किङमा विभिन्न सामानहरू राखिएको थियो । अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।

नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको थियो ।