झापा / भोजपुरको सानोदुम्बा -५ घर भई धरान -१३ बस्दै आएका ४१ वर्षीय राम बहादुर रम्तेलले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।

बिहीवार बेलुका रम्तेलले ७१ वर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको भन्ने खबर प्राप्त भए सँगै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाइतेलाई उपचारको लागी बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको तथा घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।