बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -११ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका -१ का ५५ वर्षीय लालबिहारी कामतको रहेका छन् ।
बिहीवार बिहान विराटनगर महानगरपालिका -११ मा रहेको कपडा फ्याक्ट्रीमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिहारीको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।