बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –५ बाट लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका –११ का २४ वर्षीय आकाश गिरी रहेका छन् ।
बुधबार बेलुका ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०२–०१३ प ४७४३ नम्बरको मोटरसाईकलमा सवार रहेका गिरीलाई भद्रपुर –५ बाट पक्राउ गरेको हो ।
गिरीको साथबाट प्रहरीले १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।