सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका –९ स्थित सप्तकोसी नदीको भङ्गालोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र –९ राजाबासका राज कुमार माझीको १२ वर्षीय छोरा अमर माझी रहेका छन् ।
सरस्वति मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत माझी बुधबार दिउँसो टिफिनको समयमा सप्तकोसी नदीमा पौडी खेल्ने गएका थिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका माझीलाई केही समयपछि स्थानीयले बेहोस अवस्था फेला पारेका थिए । उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।