काठमाडौँ  / निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ ।

आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । 

OM Sai Pathibhara Hospital

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौ देखी १२ भदौंसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नुपर्नेछ ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । 

आयोगले गत साउनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले दर्ता गराएका थिए ।