दाङ / बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका –१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका –८ पिपरिया बस्ने ३२ वर्षीय चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका –७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान नेपाल बन्दको मौका छोपेर बीमाको लोभमा घोराहीको कुइरेपानी बबई खोलाको पुल नजिक लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिफरमा आगो लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई सोधपुछका लागि बोलाउँदा बीमाका लागि आगो लगाएको खुलेको थियो ।