काठमाडौँ / सरकारले दुई मन्त्रालयमा ५ सय ८४ अधिकृत स्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृत स्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

OM Sai Pathibhara Hospital

सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।