बिर्तामोड /  झापाको अर्जुनधारास्थित विरिङ खोलाबाट अवैध नदीजन्य पदार्थ ढुवानी गर्ने चार वटा ट्याक्टर र दुई वटा टिफर प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले टिफरट्याक्टरलाइ नियन्त्रणमा लिएको हो । 

अर्जुनधारा नगरपालिका –१ स्थित बिरिङ खोलाबाट मे १ त ६३४०, प्रदेश–१–०१–००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नं.
ट्याक्टर र वडा नं. –८ बाट प्रदेश–१–०१–००१ क ११२४ र बागमती प्रदेश–१–०६ ख ३६४७ नं.को टिफर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

पाठकका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टर र टिफरलाई आवश्यक कारवाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाइएको छ ।