झापा / तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि बनेको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा भदौ १ गतेको बैठकमा बितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र जबरामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची रहेको समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

बैठकमा समितिको सभापति चयन गर्ने विषय पनि उठ्न सक्ने जनाइएको छ । समितिले प्रतिनिधि सभामा दर्ता भएको जबराबिरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी श्रावण २२ मा पाएको थियो ।

जिम्मेवारी पाएको ९ दिनपछि समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरूले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

प्रतिनिधिसभा नियमावलीमा महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने छ ।