रूपन्देही / दाङको राप्ती नदीमा विद्यार्थी सवार डुंगा पल्टिँदा २५ जना घाइते भएका छन् ।
सिक्टा मावि प्रधानध्यापक विष्णु खत्रीका अनुसार लमही नगरपालिका –९ तरुलियाका विद्यार्थी चढेको डुंगा राजपुर गाउँपालिका –७ स्थित विद्यालय जाँदै गर्दा पल्टिएको हो ।
घाइते मध्ये लमही नगरपालिका –९ तरुलिया निवासी कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मनिष विक, सोही विद्यालयकी १२ वर्षीया रिमा रामिजाल, कक्षा ९ की १६ वर्षीय सन्दीप विकको अवस्था गम्भीर रहेको प्रधानध्यापक खत्रीले बताए । क्षमताभन्दा बढी यात्रु बोकेकाले डुंगा पल्टिएको स्थानीयको भनाइ छ ।
अन्यको अवस्था सामान्य छ । माछा मार्नको लागि बनाइएको सातजना क्षमताको डुंगा सञ्चालक दिनराम विकका छोरा विष्णुले चलाएको बताइएको छ ।
माछा मार्न गएका तरुलिया निवासी विष्णु कुमालले दुईजनाको उद्धार गरेका थिए ।