काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसद्मा फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज नै पारित हुने भएको छ ।

प्रतिनिधिसभा बैठक अघि सभामुख अग्निप्रसाद सापकोटाले राखेको कार्यव्यवस्था समितिको बैठकमा नागरिकता विधेयकमा कसरी अघि बढ्ने भन्नेबारे सहमति जुट्न नसकेपछि बिहीबार नै विधेयक हुबहु पारित गर्ने तयारी भएको हो ।

OM Sai Pathibhara Hospital

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रतिनिधिले सर्वदलीय बैठक बोलाएर नागरिकता विधेयकमा छलफल हुनुपर्ने माग राखेका थिए । 

तर, कांग्रेस लगायत सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र प्रतिपक्षमा रहेको लोसपाले पनि नागरिकता विधेयक आजकै बैठकबाट पारित गर्नुपर्ने बताएका थिए ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा पनि नागरिकता विधेयक पारित गर्ने उल्लेख छ ।