झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले ट्विटरमा लेखेका छन्,' काठमाडौँ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै ।
तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’ काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।