काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
देउवाले झापाकी गोमा भट्टराई, महोत्तरीका किरण यादव, काठमाडौँकी राधा घले र कल्याणी रिजाल, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुक्मीणी कोइराला, रूपन्देहीकी गङ्गा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।