झापा / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन् । २०७४ मा बर्दिया –१ बाट चुनाव लडेका गौतमले मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । 

गौतमले २०७० मा प्यूठान–१बर्दिया–१ बाट चुनाव जितेका थिए । तर, २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम बर्दिया –१ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । 

OM Sai Pathibhara Hospital

त्यस्तै आगामी निर्वाचनमा गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीबीच एउटै चुनावचिन्हबाट लड्ने सहमति समेत भइसकेको छ । 

तर, गौतमले माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएपनि आफू गठबन्धनको प्रतिनिधिको रुपमा नरहने बताएका छन् । 

नेकपा एमालेका पूर्वउपाध्यक्ष रहिसकेका नेता गौतम ०७७ असोज १ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।