झापा / सरकारले नेपाल प्रहरीका सबै कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन एक गतेदेखि लागू हुनेगरि तोकिएको नयाँ तलबमानको सूची अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।  

नयाँ तलबमान अनुसार प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजिपी)को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ भने प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ कायम भएको छ ।  

OM Sai Pathibhara Hospital

यस्तै नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ । अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारको २६ हजार पाँच सय ५३ रुपैयाँ तय भएको छ । Open photo