झापा / मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरूमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका- ६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ वर्षीय छोरा विवेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका- २ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका- ३ बस्ने ३६ वर्षीय शेर बहादुर राईको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।