बिर्तामोड / मोटरसाइकल चोरी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान -१५ का ३७ वर्षीय बन्धन लिम्बू  रहेका छन् ।  सुनसरी जिल्ला अदालतको फैसला आदेशले ५ महिना ५ दिन कैद र रु ५,००० ( पाँच हजार )  जरिवाना तोकिएता पनि हाल सम्म  फरार रहेका लिम्बू  पक्राउ परेका हुन् ।

पक्राउ परेका लिम्बुलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर आर आइ टि समुहबाट खटिएको प्रहरी टोलीले आइतबार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत सुनसरी बुझाइएको प्रहरीले जनाएको छ ।