बिर्तामोड / झापाको बिर्तामोडबाट ब्राउन सुगरसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका –४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा –५ घर भई हाल बिर्तामोड –३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका छन् । 

OM Sai Pathibhara Hospital

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ः३० बजे बिर्तामोड –४ स्थित पुरानो बिजुली अफिस छेउको बाटो हुँदै बिर्ता बजारबाट बुट्टाबारी तर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक चौधरीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । 

प्रहरीले सोधपुछ गर्दा चौधरीले प्रतीक्षा  समेत संलग्न रहेको भनी खुलाएका थिए । प्रतीक्षाको कोठामा खोजतलास गर्दा प्रहरीले उनेको कोठाबाट समेत ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ५ ग्राम  बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अटो समेत नियन्त्रणमा लिएर उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।