काठमाडौँ / काठमाडौँको बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार बुधबार दिउँसो १२ बजेतिर जुत्ता कारखानामा आगलागी भएको हो ।
काठमाडौँ र ललितपुरका दमकल पुगेर आगो निभाइ रहेको प्रहरीले जनाएको छ । नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन ।