झापा / ताप्लेजुङको एक विद्यालयमा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । मैवाखोला गाउँपालिकामा रहेको मैवाखोला माध्यमिक विद्यालय बुधबारदेखि बन्द गरिएको हो ।

कक्षा १० का एक विद्यार्थीको एन्टिजेन रिपोर्ट देखिएपछि १० दिनका लागि बन्द गरिएको प्रधानाध्यापक भक्तबहादुर लिम्बूले बताए । 
यसैबीच विद्यालय रहेको मैवाखोला गाउँपालिका -२ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।
गाउँका धेरै जना बिरामी परेको पालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । परीक्षणका लागि एन्टिजेन किट लगायतका सामग्री स्वास्थ्य केन्द्रमा रहेको र विशेष सावधानी अपनाउने काम भइरहेको वनेमले बताए ।