काठमाडौँ / बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ ।
बुधबार चाँदीको मूल्यमा भने गिरावट देखिएको छ । चाँदीको भाउ मङ्गलबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको हो । चाँदी प्रतितोला १२३० रुपैयाँमा कारोबार भइरहेको छ ।