काठमाडौं / बरिष्ठ छायाँकार विदुर पाण्डेको ५४ वर्षको उमेर आज बिहान निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको चलचित्र प्राविधिक संघले जनाएको छ । संघका अध्यक्ष पुस्कर लामाका अनुसार पाण्डेलाई सीतापाइलास्थिति आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गङ्गालाल अस्पताल पुर्‍याइएको थियो । 

अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । पाण्डेले ‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन् । उनले हजारौँ म्युजिक भिडियो र थुप्रै विज्ञापन चलचित्रमा छायांकन गरेका छन् । पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

OM Sai Pathibhara Hospital