बिर्तामोड / झापा अर्जुनधारा नगरपालिका ११ स्थित चिया बगानबाट लागूऔषध ब्राउनसुगर सहित १ युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय लाल बहादुर दर्जी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका साढे ७ बजे अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले दर्जीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका दर्जीको सम्बन्धमा  इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।