झापा / तनहुँको देवघाट गाउँपालिका- ५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय रमेश तामाङ रहेका छन् ।

गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । ग १ क ३०३४ नं को बस चालकलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।