बिर्तामोड / झापाको बुद्धशान्तिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ बस्ने ६२ वर्षीय लक्ष्मीमाया कार्की रहेकी छिन् ।
आइतबार बेलुका ५ बजे बुद्धशान्ति -२ स्थित रबर बगान नजिक दुर्घटना भएको दुर्घटनामा परि घाइते भएकी कार्कीको उपचारका लागी बिर्तामोड स्थित बि एण्ड सी अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
बुद्धशान्ति -२ स्थित रबर बगानस्थित भित्री सडक खण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र–१–०१–०१५ प २५३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
मोटरसाइकल चालक ४४ वर्षीय सुमन कार्की सकुशल रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।






































