बिर्तामोड / झापाको कचनकवल गाउपालिका - ४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रबाट प्रहरीले ७,७८६०० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
नेपालबाट भारत तर्फ अवैध रुपमा भन्सार छली गरि लादैं गरेको २६ कार्टुन बियर (९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर) साइन फिटो (कोक) १ कार्टुन, स्प्राईट ३ बन्डल (१.५ लि ) कोकाकोला २ बन्डल (१.५ लि ) बरामद गरेको हो ।
बरामद भएको उक्त सामान र को १ च ६२३४ नं को पिकअप चालक इलाम देउमाई नगरपालिका -२ का २३ वर्षीया कपिल मगरलाई इलाका प्रहरी कार्यालय केचना र सशस्त्र प्रहरी बल केचनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।