झापा / ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुल्मीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालिका गाउँपालिका- ७ सिलादी बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
किशोरले ती महिलालाई मालिका गाउँपालिका- ६ राहले कुमाल पंधेराको जङ्गलमा शुक्रबार साँझ बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।