एजेन्सी / अमेरिकाको ओहायोको बट्लर बजारका विभिन्न क्षेत्रमा भएको गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ । प्रहरीले गोली प्रहारमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

गोली चलाएपछि आक्रमणकारी फरार भएका थिए । प्रहरीले आक्रमणमा संलग्न रहेका एक सन्दिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

OM Sai Pathibhara Hospital

स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्लर क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् । आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए । बट्लर सहरको जनसंख्या ८ हजार छ ।