झापा / सल्यानमा जंगली च्याउको सेवनबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका- ४ साइला कम्दकी ४ वर्षीया जोशना बस्नेत रहेकी छिन् । जंगली च्याउको सेवनबाट बिरामी परेका एकै घरका चारमध्ये बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
उनीहरूका अनुसार जिल्ला अस्पतालबाट रिफर गरिएका बन्गाड कुपिण्डे नगरपालिका- ९ जयतपानीका एकै घरका ४८ वर्षीय भूपबहादुर ओली, उनको ४५ वर्षीया श्रीमती मनकलि ओली २३ वर्षीय छोरा प्रकाश ओली र बुहारी २१ वर्षीय सुशीला ओली र शारदा नगरपालिका–४ साइला कम्दका चार गरी आठ जना बिरामी भएका थिए । जसमध्ये पाँच जनाको प्रादेशिक अस्पताल सुर्खेत कालागाउँ अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको खनालको भनाइ छ ।