बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका- ८ बालगोपाल टोल स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । शनिवार राती ९ बजे स्थानीय  ३० वर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए ।

करेन्ट लागी गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।