झापा / बाघको छालासहित कैलालीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सु प प्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका- २ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका- ६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैनी गाउँपालिका- २ का राजेन्द्रसिंह भण्डारी रहेका छन् ।
बुडरबाट धनगढी तर्फ आइरहेको बोलेरो चेकजाँचका क्रममा बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेशप्रकाश जोशीका अनुसार उनीहरूको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको छ ।
पक्राउ परेका सबैलाई थप कारबाहीको लागि जिल्ला वन कार्यालय कैलाली पठाइने प्रहरीले जनाएको छ ।