बिर्तामोड  / निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ।  

सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

OM Sai Pathibhara Hospital

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो।

यसअघि अनलाइन प्रविधि मार्फत् मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

पौडेलका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ। आयोगले असार १ देखि मतदाता नामावली संकलन कार्य सुरु गेरको थियो।