बिर्तामोड / शुक्रबार बेलुका प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ६ स्थित मेचीडाँडा छेउबाट  अवैध सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लैजाँदै गरेको १ सय ५० केजी ९० हजार रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको हो ।

 बरामद भएको  सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीले नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital