झापा / सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । अयोगले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जनाएको हो । 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

प्रवक्ता पौडेललेका अनुसार जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित भनिए पनि अनलाइनबाट फारम भएकाहरूको हकमा भने आवेदन दिइसकेकाहरूका लागि २१ गतेसम्म औंठाछाप लिने व्यवस्था मिलाइने छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी २०७९ मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति तोकेको छ ।