काठमाडौं / करको दर हेरफेर गरेको आरोप लागेको बेला अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिनुपर्ने भन्दै दबाब दिने अर्थसचिव मधुकुमार मरासिनीलाई सरकारले सरुवा गरेको छ ।
काठमाडौं / करको दर हेरफेर गरेको आरोप लागेको बेला अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिनुपर्ने भन्दै दबाब दिने अर्थसचिव मधुकुमार मरासिनीलाई सरकारले सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्ले अर्थसचिव मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । मरासिनीलाई सरुवा गरेको सरकारले अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिव रहेका पुष्करले अर्को सचिव नआएसम्म दुवै सचिवको रुपमा काम गर्नेछन् ।जनार्दनलाई बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराउँदै करको दर हेरफेर गरेको आरोप लागेको बेला सचिव मरासिनीनले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै दबाब दिएका थिए । त्यति मात्र नभइ जनार्दनलाई थप दबाब दिन मरासिनी अचानक बिदा बसेका थिए ।चौतर्फी आलोचनापछि जनार्दनले राजीनामा दिएको भोलिपल्टदेखि मरासिनी काममा फर्केका थिए । तर, जनार्दन पुनः मन्त्री भएर फर्केपछि मरासिनी नैतिक सङ्कटमा परे ।जनार्दनको राजीनामापछि बनेको संसदीय छानविन समितिले जनार्दनलाई लगाइएको आरोप पुष्टि हुने आधार नभेटिएका प्रतिवेदन बुझाएपछि उनी पुनः मन्त्री नियुक्त भएका हुन् ।मरासिनी अर्थका दुई मध्ये पहिलो नम्बरका सचिव हुन् । तर, जनार्दन पुनः मन्त्री बनेर कार्यभार सम्हाल्न आउँदा मरासिनी ‘कसरी मुख देखाउने होला’ भन्दै भागेका थिए । मन्त्री शर्मालाई सचिव पुष्करले मात्र स्वागत गरेका थिए ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.