झापा / बहुविवाह मुद्दा र सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादीलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुविवाह मुद्दाका सुनसरी इटहरी उप- महानगरपालिका वडा नं २ बस्ने ३६ वर्षीय सुशील पोदार र सवारी ज्यान मुद्दाका सुनसरी धरान उप- महानगरपालिका वडा नं-  २० देबिगाउ बस्ने २८ वर्षीय रामशरण राई रहेका छन् । 

उनिहरुलाई १ नम्बर प्रहरी कार्यालय विराटनगर आर आइ टि बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा पोदारलाई आज र राईलाई गत १६ गते पक्राउ गरिएको हो । 
पक्राउ परेका दुवैलाई सम्मानित अदालतबाट कैद भुक्तानको लागी कारागार पठाइएको छ ।

प्रतिवादी सुशील पोदार भएको बहुविवाह मुद्दामा सुनसरी जिल्ला अदालतको  फैसला आदेशले क्रमशः १ बर्ष ५ महिना १० दिन कैद र रु १५,०००र (पन्ध्र हजार)  जरिवाना भई लगत नं ६३६ मा कैद तथा जरिवाना र प्रतिवादी रामशरण राई भएको सवारी ज्यान मुद्धामा मोरङ जिल्ला अदालतको फैसला आदेशले क्रमशः ११ महिना ४ दिन कैद र रु २,०००र-  (दुई हजार) जरिवाना भई लगत नं १६३६ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका फरार प्रतिवादी थिए ।