काठमाडौं / धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा समेत नेपालमा पुरानै दर कायम राखिएको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् ।
अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिएको हो । तर, सरकारले बुधबार नै विज्ञप्ति जारी गर्दै तत्काल इन्धनको मूल्य घटाउन नसक्ने जनाइसकेको छ ।
आयल निगम अझै २३ अर्ब घाटामा रहेको भन्दै तत्काल मूल्य समायोजन गर्न नसक्ने विज्ञप्तिमा जनाएको छ । १५ दिनको बीचमा भारतले दुई पटक इन्धनको मूल्य घटाएर पठाएपछि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने विद्यार्थी संगठनको माग छ ।