झापा / नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन - एएनएफजहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । १० माइल उडेको जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि सोही विमानस्थलमा फर्काइएको हो ।

नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । चालक दलका सदस्यसहित ७९ जना यात्रा सवार जहाज अहिले सुरक्षित अवतरण भएको छ ।

OM Sai Pathibhara Hospital