झापा / दुधौली नगरपालिका -१४ सिन्धुली घर भई कटारी नगरपालिका- ६ साथीको घरमा आएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा १९ वर्षीय बिपिन बि क रहेका छन् । आज दिउँसो १ बजे मल्टिप्लकमा मोबाइल चार्ज लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बि क लाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थलमा खटिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।