बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा आजबाट ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वार्ड कार्यालयबाटै बितरण गर्न सुरु गरिएको छ । बुद्धशान्तिको वार्ड न- ४  बाट  सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको सुरुवात गरिएको हो ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं , उपाध्यक्ष भवानी प्रसाद खतिवडा , वडाध्यक्ष शेर बहादुर राय , वार्ड प्रतिनिधि लगायत सनराइज बैंक बुधबारे शाखाको सहयोगमा भत्ता वितरण कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव गोकुल पौड्यालले जानकारी दिए ।

आज वार्ड न -४ को वार्ड कार्यलयबाट भत्ता वितरण कार्यक्रमको सुरुवात गरेका छौँ भोलि  वार्ड न -४ कै ज्येष्ठ नागरिक भवन बर्नेमा वितरण हुने छ  गाउँपालिका अध्यक्ष प्रसाईंले भने । बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले गाउपालिका भित्रका अशक्त, अपांगता भएका र ज्येष्ठ नागरिकहरू सहज भएको बताउँछन् ।

बिहान देखि दिनभर सम्म बैंकमा लाइन बसेर सेवा लिने समस्याको अन्त्य भएको भत्ता पाउने एक ज्येष्ठ नागरिकले भने । बुद्धशान्ति गाउँपालिकाको यो कार्यलाई प्रशंसा गर्दे सेवाग्राहीहरुले गाउँपालिका र नवनिर्वाचित जनप्रतिनिधिलाई धन्यबाद समेत ज्ञापन गरेका छन् ।