झापा / म्याग्दीको मालिका गाउँपालिका- २ रुमको तामिङमा आज (मंगलबार)  बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।
घामबहादुर बिक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन् ।
घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ ।