बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय फुलसरा ऋषिदेव रहेका छन् ।

सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखरीमा मृत अवस्थामा फेला पारी उद्धार गरिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।