बिर्तामोड / मोरङको जहदा गाउँपालिका- २ बाट नियन्त्रित लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय मुकेश गुरुङ रहेका छन् ।

जहदा गाउँपालिका- २ हरिनगरा क्षेत्रबाट लागूऔषध गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३६ केजी गाँजा सहित गुरुङलाई मंगलबार बिहान राती साँढे १२ बजे पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

रातको समयमा प्लास्टिकमा गाँजा प्याक गरेर सिमा क्षेत्रबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।