काठमाडौँ / ललितपुरको गोदावरीबाट २ लाख २१ हजार रूपैयाँसहित प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
महाकाल गाउँपालिका –२ मानिखेल घर भई हाल गोदावरी नगरपालिका –१३ स्थित झरुवाराशी बस्ने ६६ वर्षीय बलराम घिमिरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा घिमिरेसहित १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
घिमिरेको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २ लाख २१ हजार रुपैयाँ नगद, ३ बुक तास र १७ वटा कौडा बरामद गरेको छ ।
त्यस्तै सर्लाहीको बागमती नगरपालिका –३ धरहरास्थित घिसिङ होटलबाट सात जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले नगद २ लाख १४ हजार ९ सय ७० रुपैयाँ, ५ थान मोबाइल, १६ थान कौडा र १ बुक तास बरामद गरेको छ ।