काठमाडौँ  / प्रमुख प्रतिपक्षी दल एमालेले महङ्गी र भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै नेकपा एमालेले सोमबार काठमाडौँमा प्रदर्शन गरेको हो ।

सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ । काठमाडौँका विभिन्न स्थानबाट एमालेको भ्रातृ सङ्गठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ ।

OM Sai Pathibhara Hospital

प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियु, प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघ लगायतका भ्रातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि पनि प्रदर्शनमा सहभागी भएका छन् ।